काठमाडौं –काठमाडौंमा आयोजित नवौं चाइल्ड आइकनको उपाधि सुएलेन फगामी पुनले जितेकी छिन्। युरो स्कुलमा अध्ययनरत पुनले उपाधिसँगै रु १ लाख नगद र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अवसर प्राप्त गरेकी छन्।
_x000D_
_x000D_
काठमाडौंको जमलस्थित राष्ट्रिय मिडिया ल्याण्डले आयोजना गरेको नवौं चाइल्ड आइकनमा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फर्स्ट रनर अप भए । त्यसैगरी नै सेकेन्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हासिल गरिन् ।
_x000D_
_x000D_
प्रतियोगिताको जुनियरतर्फ युरो स्कुलकै विद्यार्थी आर्जन गेलाल फर्स्ट रनर अप भए। यस्तै सेकेन्ड रनरअपको उपाधिआयुशीश्री घिमिरेले जितेकी छन्। फस्ट रनर अप र सेकेन्ड रनरअपका विजेताहरुले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर प्राप्त गरेका छन्।
_x000D_
_x000D_
१० वर्षदेखि आयोजना हुँदै आएको चाइल्ड आइकनको यो नवौं संस्करण हो । यो प्रतियोगितामा सिनियर र जुनियर सहित ८२ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
प्रतियोगिताको ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक बिष्ट, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुरेश गैरे, कलाकार गजित बिष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, ब्युटिसिएन सीता पाठक, शोभा महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
_x000D_
_x000D_
बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि आफूहरुले चाइल्ड आइकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताइन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।