नयाँ दिल्ली– आमिर खान र अमिताभ बच्चन अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को कलेक्शन क्रमश: घट्दै गइरहेको छ। दर्शक तथा आलोचकको नकारात्मक प्रतिक्रियाकाे असर फिल्ममा परिरहेको छ।
_x000D_
_x000D_
प्रदर्शनको छैटाैं दिन फिल्मको कलेक्शन निकै कम भएको छ। फिल्मले ४.२५ करोड रुपैयाँ मात्र कमायो। यसको जानकारी ट्रेड एनालिस्ट (व्यापार विश्लेषक) तरण आदर्शले दिएका हुन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
रेस–३ कै जस्तो हाल
_x000D_
व्यापार विश्लेषक तरण आदर्शले ‘ठग्स अफ हिन्दुस्तान’ र ‘रेस ३’ को अवस्था एउटै भएको बताए। उनी भन्छन् कि यदि फिल्मको कहानीमा दम नभएको भए ठूला स्टार्स र धेरै बजेटको फिल्मको दर्शकले नकारिदिन्थे।
_x000D_
_x000D_
सलमान खान स्टारर ‘रेस–३’ ईदको अवसरमा रिलिज भयो, जबकि ‘ठग्स अफ हिन्दोस्तान’ दिपावलीकाे दिन रिलिज भयो। तर, ब्रेकलेस कहानीको कारण दुवै फिल्मलाई दर्शकले अस्वीकार गरे। जबकि ‘बाहुबल २’, ‘सोनू के टीटू की स्वीटी’, ‘राजी’, ‘संजू’, ‘स्त्री’ र ‘बधाई’ जस्ता फिल्म बक्स अफिसमा हिट साबित भए।
_x000D_
_x000D_


_x000D_
_x000D_
पहिलो दिनको तुलनामा आधाभन्दा कम भयो कमाइ
_x000D_
_x000D_
फिल्मले पहिलो दिन ५२ करोडभन्दा ज्यादा कमाएको थियो। तर, छैटाैं दिनसम्म आइपुग्दा ४ करोडमात्र रह्यो।
_x000D_
_x000D_
फिल्मले ३ दिनमा १ सय १ करोडभन्दा ज्यादा कमाएको थियो। जो आफैंमा एउटा ठूलो रेकर्ड हो। अब यो कुरा महत्वपूर्ण छ कि फिल्मले आफ्नो २ सय करोडको बजेटको लागत निकाल्छ वा प्रोड्यूसर्सको नोक्सान पुर्याउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।