काठमाडौं– फिल्म ‘दाल भात तरकारी’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। मंगलबार वरिष्ठ हास्य कालकार हरिवंश आचार्यको ६१औं जन्मदिनको अवसरमा फिल्मको शुभ मुहूर्त गरिएको हो। 
_x000D_
_x000D_
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भएको कार्यक्रममा आचार्यसहित फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, राजाराम पौडेल, पुष्प खड्का, आँचल शर्मा लगायतको उपस्थिति थियो।
_x000D_
_x000D_
सुदन केसीको निर्देशन तथा किरण केसीको प्रस्तुति रहेको फिल्मको मुहूर्त कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकार दिपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा लगायतले फिल्म सफलताको सुभकामना दिए। 
_x000D_
_x000D_
‘मह सञ्चार’को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निरुता सिंह, प्रियंका कार्की, वर्षा राउत लगायतको पनि अभिनय रहनेछ।
_x000D_
_x000D_
बैसाख १३ गतेलाई  प्रदर्शन मिति तय गरेको फिल्म शनिबारबाट छायांकनमा जाने निर्माण युनिटले जानकारी गरायो।
_x000D_
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।