दैलेख- भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको हत्या गरिएको छ।
सामान्य लेनदेनको विषयमा विवाद हुँदा ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी आइतबार राति हत्या भएको हो। उनीहरुका १६ वर्षीय छोरा दीपक समेत घाइते छन्।
दम्पती हत्यामा भगवतीमाई गाउँपालिकाकै छिमेकी २१ वर्षीय मोहन खड्का संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। सिंह दम्पतीलाई लेनदेनको विषयलाई लिएर हत्या गरेको भियुक्त खड्काले बयान दिएको प्रहरी प्रमुख सरोज पौडेलले बताए।
जयबहादुरले विभिन्न स्थानमा लगेर काममा लगाउने र पैसा माग्न जाँदा उल्टो गाली गर्ने गरेपछि विवादको सुरुआत भएको थियो। बयानका क्रमममा छोरी बिरामी भएपछि श्रीमतीलाई पैसा माग्न पठाएका बेला श्रीमतीलाई उल्टो गाली गरेपछि आफू आक्रोशमा आएको र पहिला जयबहादुरले आफ्नो हातमा हतियारले हानेपछि आफूले पनि हँसियाले हानेको खड्काले स्वीकार गरेको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।