बेँसीसहर (लमजुङ)- जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन्।
कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो।
संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि रु एक लाख पाँच हजार बराबरको ४३ इन्चको एलइडी टेलिभिजन र लमजुङ जिल्ला समन्वय समितिबाट महिला कैदीबन्दीका लागि रु २५ हजार बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन उपलब्ध गराइएको हो।
२५ जना कैदी अटाउने क्षमता रहेको उक्त कारागारमा हाल ७१ कैदी तथा बन्दी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।