बेइजिङ- चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको ठहर गरी कारबाही गरिएको छ।
अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयका प्रवक्ता वाङ सोङमिआओले जानकारी दिए। 'विद्युतीय अवराध संगठित रुपमा बढ्दै गइरहेको पाइएको छ,' उनले भने, 'त्यसमध्ये विशेषगरी अनलाइनबाट हुने ठगी र नक्कली काम बढी हुने गरेका छन्।'
विद्युतीय आक्रमण, विद्युतीय अश्लील सामग्रीको प्रयोग, अनलाइनबाट हुने ठगी, नक्कली काम, व्यक्तिगत सूचनाको चुहावट, चोरी, दुरुपयोग, गोपनीयता खोलिदिने भन्दै धम्की दिने तथा विद्युतीय आतंक लगायतका अपराधमा वृद्धि भएको अधिकारीहरुले जनाएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।