एजेन्सी– बलिउड सेलिब्रेटीहरुको विवाहको चर्चा यतिबेला चौतर्फी चुलिँदो छ। अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणबीर सिंह विवाहका लागि इटाली पुगेका छन्। उनीहरु बीच यही नोभेम्वर १४ र १५ मा विवाह सम्पन्न हुने बताइएकाे छ।
_x000D_
_x000D_
त्यसैगरी अर्की अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनस पनि केही समयपछि विवाह बन्धनमा बाँधिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि उनीहरु बीच सन् २०१९ को जनवरीमा विवाह हुने निश्चित भएको थियो। तर, अब भने प्रियंका र निकबीच छिट्टै नै विवाह हुने भएको छ। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार उनीहरुकाे अागामी डिसेम्बर २ का दिन विवाह सम्पन्न हुनेछ।
_x000D_
_x000D_
छाेटो समयमा नै विवाहको निर्णयमा पुगेका जोडी हुन् प्रियंका र जोनस। उनीहरु औपचारिक रुपमा सँगै भएको हेर्न चाहने फ्यान फलोवर्सहरुको उत्साह पनि यतिबेला उतिकै बढेको पाइन्छ। यस्तो समयमा प्रियंका र जोनसको विवाह मिति निश्चित हुनुले फ्यान फलोवर्समा झनै उत्साह थपिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।