काठमाडौं– गत असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा–३' ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ। नेपाली हलहरुमा सर्वाधिक बढी व्यापार गरी रेकर्ड बनाउन सफल यस फिल्मले अमेरिकामा पनि रेकर्ड बनाएको हो। नेपालीहरुको बाक्लो बसोबास रहेकाे अमेरिकाको डालस टेक्सासमा फिल्मले हालसम्मकै बढी व्यापार गर्ने नेपाली फिल्मकाे रुपमा रेकर्ड बनाउन सफल भएको हो।
_x000D_
_x000D_
अमेरिकामा लगातार १ महिनासम्म फिल्म चल्नुका साथै फिल्मले ६४ शो प्रदर्शनकाे मौका प्राप्त गरेको छ। जुन यस अघिका नेपाली फिल्महरुको तुलनामा धेरै भएको डालसका लागि अधिकारक वितरक 'रायन रेज'ले जानकारी गराए।
_x000D_
_x000D_
यसअघि अमेरिकामा प्रदर्शनमा आएका छक्का पन्जा, छक्का पन्जा–२ र लुट लगायतका फिल्महरु ३ हप्तासम्म चलेको रेकर्ड थियो। तर, उक्त रेकर्डलाई 'छक्का पञ्जा-३' ले तोड्न सफल भएको हो। फिल्म अझै पनि केही समय प्रदर्शनमा अाउने वितरक रेजले बताए।
_x000D_
_x000D_
दिपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङलगायतका कलाकारको अभिनय रहेको छ। यस फिल्मलाई अमेरिकामा फ्युजन इन्टरनेसनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले अधिकारिक रुपमा वितरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।