काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उपचारका लागि थाइल्यान्ड भ्रमण स्वीकृत गराएर अमेरिका गएको घटनालाई नेपाली कांग्रेसले विरोध जनाएको छ।
_x000D_
_x000D_
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भ्रमण स्वीकृत गर्नु नपर्ने तर राईको हकमा किन उस्तै व्यवहार भएन भनि प्रश्न उठाएका छन्।
_x000D_
_x000D_
‘प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने, १ का मुख्यमन्त्रीलाई चाँहि अनुमति नचाहिने? यो न्याय, स्वतन्त्रता कि अराजकता प्रधानमन्त्री?’ शर्माले ट्विट गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसैगरी, मुख्यमन्त्रीको समाचार लेखेकै आधारमा पत्रकार लोकमणी राई पिटिएको घटनाको पनि कांग्रेसले विरोध जनाएको छ। पत्रकार पिटिएको प्रति ‘निर्देशन के छ, लाज छोप्ने कि कलम निमोठ्ने?’उनले प्रश्न गरेका छन्।
_x000D_
_x000D_
विदेश भ्रमणमा बसाउन खोजिएको प्रणाली सही भएपनि मुख्यमन्त्रीको विदेश भ्रमण सम्बन्धमा सरकारको लिएको दोहोरो नीतिप्रति शर्माले असहमति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।