काठमाडौं– भवन भट्ट गैर–आवासिय नेपाली संघ (एनआरएन) को अध्यक्ष निर्वाचित भएका छन्।
सोमबार भएको एनआरएनको आठौं साधारण सभामा उनी आफ्ना प्रतिद्वन्दी निर्वतमान अध्यक्ष शेष घलेकी श्रीमति जमुना गुरुङलाई पराजित गर्दै अध्यक्ष पदमा नियुक्त भएका हुन्।
मंगलबार बिहान करिब ३ बजे सार्वजनिक भएको निर्वाचनको परिणाममा भट्टले एनआरएन सम्वन्य परिषद्को अध्यक्ष पदमा १ हजार १ सय ९७ मत प्राप्त गरे।
भट्टका प्रतिद्वन्दी जमुनाले ५ सय ९४ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।