काठमाडौं– हरेक काम तोकिएको समयमा सुरु नहुने नेपाली प्रचलन एनआरएनको निर्वाचनमा पनि देखिएको छ। त्यसैले आज हुने भनिएको निर्वाचन समयमै सुरु नहुँदा एनआरएन प्रतिनिधिहरुले नाराबाजी गरेका थिए। उनीहरुले निर्वाचन समयमै निर्वाचन सुरु गर्न माग पनि गरेका थिए।
सार्वजनिक भएको कार्यतालिका अनुसार सोमबार दिउँसो १ बजेदेखि ६ बजेसम्म निर्वाचन हुनुपथ्र्यो। तर, ५ बजेसम्म पनि निर्वाचन हुन सकेको थिएन।
एनआरएनको आठौं सम्मेलन शनिबारदेखि काठमाडौंको हायात होटलमा जारी छ। शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन्।
एनआरएनको नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।
१४ वर्षअघि गैरआवासीय नेपाली संघको अभियान सुरु भएको थियो। एनआरएनको ७७ राष्ट्रमा संगठन विस्तार भइसकेको छ।
भिडियो हेर्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।