काठमाडौं- सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफत गरेको छ।
_x000D_
_x000D_
तिहारमा अति आवश्यक खाद्यवस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफत गरेको हो।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहीन भएको पाइएपछि जफत गरेको छ। म्याद नाघेको, उत्पादक कम्पनीको नामसमेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस सो स्टोरमा भेटिएकाले जफत गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए। त्यस अवसरमा विभागले सो डिपार्टमेन्ट स्टोर परिसरमा सञ्चालित खाद्यवस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहीन तेल पनि नष्ट गरेको छ।
_x000D_
_x000D_
सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो। खाद्यवस्तु बिक्रीवितरण अत्यधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक बिदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिने कामलाई निरन्तरता दिइएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए।
_x000D_
_x000D_
बुधबार गुणस्तरहिन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दूधजन्य बस्तु बिक्रीवितरणमा रोक लगाएको थियो। खाद्य स्वच्छता अभियान अन्तरगत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढी प्रयोगमा आउने खाद्यवस्तुहरु दुध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।