काठमाडौं- सरकारले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ।
_x000D_
_x000D_
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए। भक्तपुरमा आयोजित नेपाल संवत्को शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्रहालय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे। त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिब जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको पनि स्मरण गराए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे।
_x000D_
_x000D_
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाल संवत्लाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।