काठमाडौं– नेपाल एएफसी फुटसल च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ। लगातार दोस्रो खेलमा पराजय भोगेसँगै नेपाल छनोट हुन असफल भएको हो।
इरानमा भइरहेको छनोटको दोस्रो खेलमा नेपाल किर्गिस्तानसँग ५–० गोलले पराजित भयो। यसअघि पहिलो खेलमा नेपाललाई उज्वेकिस्तानले १४–१ गोलले पराजित गरेको थियो।
छनोटमा मध्य एसियाको समूह 'ए' मा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान छन्। नेपालले मंगलबार तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेईमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन्। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।