याउन्डे– क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ।
_x000D_
_x000D_
गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रणमुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार जनाए। अपहरणमुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन।
_x000D_
_x000D_
फ्रेन्च भाषा बोल्नेको बाहुल्यता रहेको देश क्यामरुनको अंग्रेजी भाषीको बाहुल्यता रहेको ठाउँबाट उनीलाई अपहरण गरिएको हो। उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन्।
_x000D_
_x000D_
विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूहले पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रवेस गरी विद्यालयका प्रध्यानाध्यापक, एक शिक्षक र बस चालकलार्इ समेत विद्यार्थीसँगै लगिएको थियो। उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ।
_x000D_
_x000D_
अशान्त क्यामरूनमा पछिल्लो १३ महिनको अवधिमा भएका घटनाहरुमध्ये यो अपहरणको घटना अहिलेसम्मकै ठूलो भएको बताइएको छ।
_x000D_
_x000D_
क्यामरूनमा विगत ३५ वर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ वर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो। यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन्।
_x000D_
_x000D_
निर्वाचनमा बियाले ७१ दशमलब ३ प्रतिशत मत प्राप्त गरी जितेको दाबी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर न्युन सङ्ख्यामा मात्रै मतदाताले सहभागिता जनाएको विपक्षीको आरोप छ।
_x000D_
_x000D_
क्यामरूनमा दुई करोड २० लाख अंग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन्। विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो।
_x000D_
_x000D_
सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए। सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिणपश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए। तर, यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन।
_x000D_
_x000D_
क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४ सय नागरिकको मृत्यु भएको छ भने १ सय ७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।