सिकागो– अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसदमा निर्वाचित गरेका छन्। निर्वाचित दुबै जना डेमोक्र्याट हुन्।
_x000D_
_x000D_
निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन्। मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी हुन्।
_x000D_
_x000D_
त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील रशिदा तलैबी पनि संसदका लागि निर्वाचित भएकी छिन्।
_x000D_
_x000D_
प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको हो।
_x000D_
_x000D_
संसदमा उनीहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट ३ जना निर्वाचित भएको जनाएको छ।
_x000D_
_x000D_
निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी मूलका अमेरिकी नागरिक अन्ड्रे कर्सन हुन्। उनी इन्डियना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन्। उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गरेका थिए।
_x000D_
_x000D_
अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।