• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रमुख जिल्ला अधिकारीले सिफारिस रोक्दा अन्तर्राष्ट्रिय अपराधी शोभराज छुट्न पाएनन्

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०१:३०
1140x725

काठमाडौं– विश्वका विभिन्न जेलहरुबाट भाग्न सफल सिरियल किलर चार्ल्स गुरुमुख शोभराज यतिबेला केन्द्रीय कारागार सुन्धारामाम कैद जीवन बिताइरहेका छन्। फ्रान्सको स्थायी नागरिकता भएका शोभराज २०६० सालदेखि एक विदेशी नागरिकको बर्बरतापूर्वक हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन्। 

_x000D_ _x000D_

तर, यिनै शोभराजलाई असल चालचलन लगायत अन्य कारण देखाउँदै सजायको छुट दिने सिफारिस भएको खुलासा भएको छ। शोभराजले एक मुद्दामा सर्वोच्च अदालतमा पेस गरेको विवरणमा यस्तो खुलासा भएको हो। 

_x000D_ _x000D_

केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलले शोभराजलाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो। कैदमा रहेका व्यक्तिले पाउने छुट सुविधा प्रयोग गर्न शोभराजले पनि कारागारमा फाराम भरेका थिए। 

_x000D_ _x000D_

राज्यको विशेष अवसरमा कैदमा रहेका बन्दीहरुले विभिन्न आधारमा सजाय छुट पाउने कानुन व्यवस्था अन्तर्गत उनले छुट पाउन लागेका थिए। 

_x000D_ _x000D_

२०७५ बैसाख २० गते केन्द्रीय कारागार प्रमुखले कारागार नियमावली २०२० को उपनियम २९ अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधासमेत जोडेर सिफारिस गरेका थिए। उक्त सिफारिस प्रमुख जिल्ला अधिकारीलाई पठाइएको थियो। तर तत्कालीन प्रमुख जिल्ला अधिकारीले कारागार कार्यालयको उक्त पत्र गृह मन्त्रालय पठाएनन्। जिल्ला प्रशासनमै उनको पत्र रोकिएपछि शोभराजले पाउनै लागेको सुविधा रोकिएको थियो। 

_x000D_ _x000D_

उच्च अदालत पाटनसमेत शोभराजको पक्षमा 
_x000D_ तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई विदेशी कूटनीतिक निकायले समेत चासो राखेर शोभराजको छुटको विषयमा सोधीखोजी गरेपछि रोकिएको थियो। अमेरिक र फ्रान्सका राजदूतावासले समेत उक्त विषयमा तत्कालीन समयमा चासो राखेको थियो। विदेशी चासो र अन्तर्राष्ट्रिय रुपमा निर्दयी अपराधीको रुपमा परिचित भएको उसको पृष्ठभूमि देखेपछि प्रमुख जिल्ला अधिकारी पछि हटेका थिए।

_x000D_ _x000D_

शोभराज त्यसमा चुप रहेनन्। उनले उच्च अदालत पाटनमा सजाय माफीका लागि निवेदन दिए। २०७५ जेठ १० गते शोभराजले बन्दीकै रुपमा रिट निवेदन दायर गरे। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रेवन्तबहादुर कुँवरको एकल इजलासले २०७५ जेठ १३ गते उनीसहित सरकारलाई बोलाउने आदेश गर्यो। त्यसको भोलिपल्टै संयुक्त इजलास शोभराजको मुद्दामा गठन भएको थियो। करिब एक सातामा पेसी आउने उच्च अदालतमा शोभराज भोलिपल्टै पालो आउने भाग्यमानीमा परे। न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र किशोर सिलवालको इजलासले अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम सुनुवाइ गर्न उपयुक्त भएको आदेश गर्यो। त्यसको ठिक एक महिनापछि २०७५ असार २० गते न्यायाधीशद्धय केशवकुमार जोशी र रमेशकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने तर शोभराज ज्येष्ठ नागरिक भएकाले छुट पाउने सुविधा दिनु भनी निर्देशनात्मक आदेश जारी गर्‍यो। 

_x000D_ _x000D_

उच्च अदालतको आदेश पेस गर्दै शोभराजले २०७५ भदौ १७ गते कारागाार व्यवस्थाका महानिर्देशकलाई निवेदन दिए। फैसला कार्यान्वयनका लागि उनले दिएको निवेदनमा कारागारले चलानी नम्बर १०६१ भएको पत्र लेख्यो। कारागार व्यवस्था विभागमा समेत उनले उच्च अदालतको फैसला कार्यान्वयनको निवेदन र कारागारको चलानीपत्र बुझाए। तर महानिर्देशकले शोभराजको निवेदनमा कुनै प्रतिक्रिया जनाएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

शोभराजले सर्वोच्चबाट छुट पाउलान्? 
_x000D_ कारागार व्यवस्था विभागवाट कुनै जवाफ नपाएपछि शोभराजले यस्तो सुविधा माग गर्दै सर्वोच्च पुगेका छन्। 

_x000D_ _x000D_

सर्वोच्चको एकल इजलासले दुवै पक्षलाई पुन: छलफलमा झिकाएको छ। यो मुद्दा सर्वोच्चमा आएपछि उनले छुट पाउलान्? भन्ने प्रश्न उठेको छ। 

_x000D_ _x000D_

शोभराजले रिटमा २६ प्रतिशत मात्र कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा समेत सजाय माफी नभएको जिकिर गर्दै तत्काल रिहा गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। उच्च अदालतको आदेश पालना नभएकाले अदालतको अवहेलना भएको जिकीर उनको छ। 

_x000D_ _x000D_

२०६० असोज २ गते देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको दाबी निवेदनमा शोभराजले गरेका छन्। केन्द्रीय कारागार प्रमुखले २०७५ बैसाख २० गते कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधा अन्तर्गत २६ प्रतिशत कैद मात्र बाँकी रहेकाले सिफारिस गरेको तर सुविधा नपाएको उनको दाबी छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

यस्तो छ शोभराजले पेस गरेको नजिर 
_x000D_ शोभराजले उच्च अदालतको फैसला, कारागार नियमावली र अन्य कानुनसँगै सर्वोच्च अदालतको एक फैसलालाई पनि नजिरको रुपमा पेस गरेका छन्। 

_x000D_ _x000D_

शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोस नजिर पेस गरेका छन्। 

_x000D_ _x000D_

मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। उनी क्यान्सरको गम्भीर बिरामी भएका कारण देखाउँदै उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद ७५ वर्षको वृद्ध भएको आधारमा दिने फैसला सर्वोच्चले गरेको थियो। कारागारमा रहेका उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए। २०७५ भदौ २५ गते उनी रिहा भएका थिए। शोभराजले सोही नजिर देखाउँदै आफू पनि ७० वर्ष उमेर नाघेको ज्येष्ठ नागरिक भएकाले सुविधा पाउनुपर्ने दाबी गरेका छन्। 

_x000D_ _x000D_

शोभराजले आफूमात्र त्यस्तो विदेशी कैदी भएको जो १५ वर्षदेखि नेपालको जेलमा रहेको दाबी गरेका छन्। अन्य विदेशी कैदीहरु ८ देखि १० वर्षमा रिहा भएको तर आफूमाथि अन्याय भएको उनको निवेदनमा दाबी छ। 

_x000D_ _x000D_

शोभराजको अपराधयात्रा : २० जनाको हत्या 
_x000D_ सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 

_x000D_ _x000D_

उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो।  

_x000D_ _x000D_

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेका थिए। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस छाडे। 

_x000D_ _x000D_

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। त्यहाँबाट उनी अफगानिस्तान, इरान, टर्की, ग्रिस लागे। थाइल्यान्डमा तीन पर्यटकको हत्या गरी नेपाल आएका उनले यहाँ पनि २ विदेशी पर्यटकको हत्या गरेका थिए। 

_x000D_ _x000D_

२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए।  

_x000D_ _x000D_

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।  

_x000D_ _x000D_

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल भएका थिए। २०६० मा नेपाल आउँदा उनी पक्राउ परेका थिए। 

_x000D_ _x000D_

उपचारमा राज्यको १४ लाख खर्च 
_x000D_ शोभराज मुटु र दमका बिरामी हुन्। उनको मुटुको शल्यक्रियासमेत गरिएको छ। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो। 

_x000D_ _x000D_

अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर बेदनिधि अधिकारीले बताए। शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्