एजेन्सी- अमेरिकामा सम्पन्न भएको मध्यावधि निर्वाचनपछि तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरेको रिपब्लिकन पार्टी कम्जोर देखिएको छ।
_x000D_
_x000D_
तल्लो सदनको ४३५ सिटका लागि भएको निवार्चमा हालसम्म प्राप्त परिणाम अनुसार विपक्षी दल डेमोक्र्याटस्ले २१५ स्थानमा जित हासिल गरेको छ भने सत्तारुढ दल रिपब्लिकनले १९२ स्थानमा जित हासिल गरेको छ। सदनमा बहुमत ल्याउन २१८ स्थानमा जित हासिल गर्नुपर्नेमा विपक्षी दल अब जम्मा ३ सिट पछाडि रहेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
तर माथिल्लो सदनमा भने सत्तारुढ दलले जित हासिल गरिसकेको छ। कुल ३५ स्थानका लागि भएको सिनेटको निर्वाचनमा सत्तारुढ दल रिपब्लिकनले ५१ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी डेमोक्र्याट्सले ४४ प्रतिशत मत प्राप्त गरेको छ। सिनेटमा विपक्षी दलले सत्तारुढ दलको भन्दा कम प्रतिशत मत ल्याए पनि उसले प्राप्त गरेको मत प्रतिशतलाई विश्लेषकहरुले राम्रो मत ल्याएको बताएका छन्।
_x000D_
_x000D_
यस्तै अमेरिकामा भएको मध्यवधि निर्वाचनमा नेपाली मूलका अमेरिकी नागरिक ह्यारी भण्डारीले मेरील्यान्ड राज्यको निर्वाभनमा विजय हासिल गरेका छन्। उनी डेमाक्र्याट्स दलबाट तल्लो सदनमा निर्वाचित भएका हुन्। उनी अमेरिकी राजनीतिको तल्लो सदनमा निर्वाचित हुने पहिलो नेपाली मूलका अमेरिकी नागरिक हुन्। मेरिल्यान्डको तीन स्थानका लागि भएको निर्वाचनमा उनी सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।