भक्तपुर– तिहार सुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाइ पसल अनुगमनका क्रममा ९० प्रतिशत पसलमा अखाद्य मिठाइ बिक्री गरिरहेको पाइएको छ।
_x000D_
_x000D_
आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाइ, ढुसी आएको, बिग्रिएको र पुरानो तथा मिठाइ बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ। सृजना नगरस्थित कन्हैया स्विट एन्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एन्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाइ भण्डार, सूर्यविनायक मिठाइ भण्डार, पाण्डुबजारको जय माता दी स्विट एन्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाइ बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो।
_x000D_
_x000D_
केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ। तिहारका लागि बनाइएको अधिकांश मिठाइ पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रङ प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रङ प्रयोग गरिएको, बासी मिठाइ र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिइन्।
_x000D_
_x000D_
सूर्यविनायकस्थित लक्ष्मी मिठाइ भण्डार एवम् फुड क्याफे र सिद्धिलक्ष्मी मिठाइ तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो।
_x000D_
_x000D_
त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। नगरपालिकाका उपप्रमुख बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो।
_x000D_
_x000D_
मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिए। मिठाइ बनाउँदा ५ केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले ५ किलो मिठाइमा १५ ग्रामसम्म रङ प्रयोग गरेको पाइएको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।