काठमाडौं- इलामका रमेश दुलाल 'कागे'ले प्रत्येक वर्षझैं यसपालि पनि काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरेका छन्।
_x000D_
_x000D_
कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको अवसरमा उनले काग सम्मेलन गरेर
_x000D_
_x000D_
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए। रत्नपार्कमा करिब ३ सय काग उडेर आएका थिए। उनको यो १५औँ काग सम्मेलन हो।
_x000D_
_x000D_
'संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको छु,' दुलालले भने।
_x000D_
_x000D_
दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।