काठमाडौं- हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज पहिलो दिन काग तिहार हो।
_x000D_
_x000D_
चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।
_x000D_
_x000D_
यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
_x000D_
_x000D_
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ। यस दिन कागलाई मिठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ।
_x000D_
_x000D_
आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भिड लाग्छ।
_x000D_
_x000D_
कुकुर तिहार
_x000D_
कात्तिक २० गते मंगलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ। स्नानपछि कुकुरलाई मिठा खानेकुरा खान दिइन्छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ।
_x000D_
_x000D_
काग र कुकुरलाई मिठा खानेकुरा दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
_x000D_
_x000D_
लक्ष्मीपूजा
_x000D_
कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ। यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ। यसैदिन भैलो खेल्ने चलन छ।
_x000D_
_x000D_
कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन्। गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन्। शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतम बताउँछन्।
_x000D_
_x000D_
गोवर्द्धन पूजा
_x000D_
कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा हुन्छ। यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ। हलीतिहार समेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ।
_x000D_
_x000D_
भाइटीका
_x000D_
कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको छ। तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ।
_x000D_
_x000D_
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दुको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन्। यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्ने पौराणिक मान्यता छ। बलि दानशील राजा थिए। वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमिन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ।
_x000D_
_x000D_
यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।