रोम– इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका ९ जनासहित १२ जनाको मृत्यु भएको अधिकारीले आइतबार बताएका छन्।
_x000D_
_x000D_
यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।
_x000D_
_x000D_
इटालीका विभिन्न ६ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकलाई सचेत गराएको छ।
_x000D_
_x000D_
मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो।
_x000D_
_x000D_
अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ।
_x000D_
_x000D_
मैले एउटी छोरीबाहेक परिवार, घर र सम्पत्ति सबै गुमाएकी छु, डुबानमा परेको घरबाट उम्कन सफल गिउसेपप्पे गिओर्डानोले सञ्चारकर्मीसँग बताइन्।
_x000D_
_x000D_
यही हप्ताको सुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अवरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन्।
_x000D_
_x000D_
इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधीसहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो।
_x000D_
_x000D_
डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेर थिए। 'यो भूकम्प गएजस्तै विनाशकारी थियो,' भेनेटोका गभर्नर लुका जाइले बताए। 'हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन्।'
_x000D_
_x000D_
इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।