काठमाडौं– बंगलादेश सरकारले सरकारी सेवामा लगाएको आरक्षण अन्त्य गर्ने कानुन निर्माण गरेको छ। आरक्षणको बारेमा विरोध प्रर्दशन भएपछि सरकारले सरकारी सेवामा आरक्षण हटाएको हो।
_x000D_
_x000D_
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति अब्दुल हमिदले हस्ताक्षर गर्दै सबै आरक्षणहरुको अन्त्य गरेका हुन्। राष्ट्रपतिले यो कानुन २३ अक्टुबरमा प्रमाणीकरण गरेपछि दशकौंदेखि चल्दैआएको आरक्ष बंगलादेशमा अन्त्य भएको छ।
_x000D_
_x000D_
बंगलादेशमा यो नीतिअन्तर्गत आधा सरकारी कर्मचारीहरु भर्ना भएको मानिन्छ। स्वतन्त्र संग्रामको समयमा लडेका सेनाका सन्तति र केही अल्पसंख्यक जातिलाई आरक्षण दिंदै आइएको थियो।
_x000D_
_x000D_
प्रधानमन्त्री शेख हसिनाको तर्फबाट मन्त्रिपरिषद्का सचिव मोहम्मद शफिउल आलमले भने, ‘लोक सेवाको विज्ञापनमा लिइने उच्चस्तरीय पदमा रहेको आरक्षण अब अन्त्य भएको छ, अब अत्याधिक माग हुने पदहरुमा परीक्षाको प्रतिस्पर्धाबाट पूर्ति गरिने छ।’
_x000D_
_x000D_
विवादस्पद कोटा प्रणाली खारेजीको विरुद्धमा बंगलादेशमा गत अप्रिलमा कयौ प्रदर्शनहरु भएका थिए। विद्यार्थी र युवाहरुले सडकमा निस्केर यसको विरोध गरेका थिए।
_x000D_
_x000D_
अप्रिलमा भएको विरोध प्रदर्शनका कारण त्यहाँको ट्राफिक व्यवस्था नै अस्तव्यस्त भएपछि सरकारले हटाउने निर्णय गरेको थियो। युवाहरुसँग भएको सो सहमतिअनुसार सरकारले हटाउने कानुन ल्याएको थियो जसलाई मंगलबार राष्ट्रपतिले लालमोहोर लगाएकी हुन्।
_x000D_
_x000D_
विरोध प्रर्दशनका क्रममा ढाका विश्वविद्यालयमा कयौ घन्टा झडप समेत भएको गियो। उक्त झडमा १ सय युवा घाइते भएका थिए। प्रहरीले प्रर्दशनको नियन्त्रण लिन अश्रुग्याँसको प्रयोग गर्न परेको थियो। यही विरोध प्रदर्शनपछि प्रधानमन्त्री हसिनाले सरकारी जागिरमा आरक्षण हटाउने घोषणा गरेकी थिइन्।
_x000D_
_x000D_
उनले ऐन ल्याउन सांसदमा भएको छलफलमा युवाहरुको विरोधका कारण आरक्षण हटाउने कानुन ल्याउनु परेको बयान दिएकी थिइन्।
_x000D_
_x000D_
यो घोषणाको केही समयमै सरकारले विधेयक पारित गर्दै कानुन निर्माण गरेको हो। उनले सांसदमा अब युवाहरु आन्दोलनबाट घर फर्केर आफ्नो भविष्य खोज्नुपर्ने र सरकार उनीहरुका लागि विशेष व्यवस्था गर्ने बयान दिएकी थिइन्।
_x000D_
_x000D_
खासगरी अपाङ्गता भएका र अल्पसंख्यक वर्गका मानिसहरुका लागि सरकारले सोच बनाएको भन्दै प्रधानमन्त्री हसिनाले सरकार उनीहरुका लागि केहीगर्नेमा ढुक्क हुन भनेकी थिइन् ।
_x000D_
_x000D_
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।