दाङ– करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ। शान्तिनगर गाउँपालिका–५ काशीपुरका ३० वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरीलाई आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गए राति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए।
करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। योसँगै दाङमा ६ महिनाको अवधिमा करेन्ट लागेर सात जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।