• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरी पासोमा किन र कसरी परिन् ‘लेडी डन’ माया?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०८:४३
1140x725

काठमाडौं- केही दिनदेखि प्रहरीभित्र ‘लेडी डन’को चर्चा थियो। व्यवसायी शरदकुमार गौचन हत्या प्रकरणको अनुसन्धानमा रहेको प्रहरी टोलीका सदस्यहरु सञ्चारकर्मीसँग अनौपचारिक गफगाफमा भन्थे, ‘लेडी डन’को रहस्य एकाध दिनमा थाहा पाउनुहुनेछ।’

_x000D_ _x000D_

नभन्दै आज गुन्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गर्यो। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्‍याङबाट पक्राउ गरेको हो। तीन वटा गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

पेस्तोल उपलब्ध गराउने काम मायाको 
_x000D_ गत वर्षको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानका आधारमा सो अपराधमा समीरकी श्रीमती माया शेरचनको समेत संलग्नता रहेको प्रहरी दाबी छ। 

_x000D_ _x000D_

‘पक्राउ परेकाहरुले मायाको भूमिकाका विषयमा जे जति कुराहरु भने त्यसले उनी भित्र पनि लेडी डन हुने अभिलाषा रहेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले नेपाल लाइभसँग भने, ‘पक्राउ परेकी लेडी डनलाई अब कारबाही अगाडि बढ्छ।’

_x000D_ _x000D_

पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिइएका थिए। उनीहरुको बयानका आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

२०७३ चैत २९ गते दिव्या पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। दावालाई गोली हान्नकै लागि समीरमानकी श्रीमती माया शेरचनले काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएको दाबी प्रहरीको छ।

_x000D_ _x000D_

दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्। 

_x000D_ _x000D_

व्यवसायी गौचनलाई गोली हान्ने फेरी त्यही पेस्तोल उनकै श्रीमतीले उपलब्ध गराएकी थिइन्। जुन प्रहरीले बरामद गरिसकेको छ। उक्त पेस्तोल दरबारको समेत भएको प्रहरीको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यस्तै युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने बेलामा पनि काठमाडौंदेखि पेस्तोल गएको र त्यही पेस्तोलले लोप्साङले तिवारीलाई गोली हानेर मारेको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

गौचन हत्यामा संलग्नलाई एक महिना घरमा सेल्टर
_x000D_ काठमाडौंको बाफलमा समीरमानको पुरानो घर छ। गौचन हत्या गरेर फरार रहेकाहरुलाई सोही घरमा समीरकी श्रीमतीले एक महिनासम्म सेल्टर दिएर राखेको सूचना पक्राउ परेकाबाटै प्रहरीले संकलन गरेको छ।

_x000D_ _x000D_

यसअघि नै समीरको घरमा रोशन बुढाथोकी, अम्बरबहादुर राना, श्याम गुम्बे र अजय थापा एक महिनासम्म बसेको अनुसन्धानबाट खुलेको थियो। प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो ‘यी चार जना समीरमानको पूरानो मुल घर बाफलमा एक महिनासम्म बसेका रहेछन्। घरको टप फ्लोरमा बस्ने। तल नझर्ने। रिचार्ज कार्ड लगायतका अन्य सामान ल्याउनु परेमा अरुलाई नै ल्याउन लगाउने रहेछन्। हामीले त्यसबेला पनि रेकी त गरेका थियौं, तर पत्ता लगाउन सकिएन।’

_x000D_ _x000D_

उनीहरुले आफूलाई चाहिने सामान घरमा ल्याउनका लागि समेत त्यसबेला एक जना युवा सहयोगी राखेका थिए। उनीहरुलाई संरक्षण गरेर राख्न समेत समीरकी श्रीमतीको हात रहेको प्रहरीले जनाएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

विद्यार्थीको खातामा बैंङ्लोरमा रकम
_x000D_ आफ्नै समूहका गुन्डा नाइके कुमार घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान भागेर भारत पुगेका थिए। पछि उनले भारतबाटै आपराधिक गिरोहको सञ्जाल विस्तार गर्न सुरु गरे। त्यसका लागि काठमाडौंमा रहेकी आफ्नी श्रीमती मायाले उनलाई भरपुर सहयोग गरेको प्रहरीको भनाइ छ।

_x000D_ _x000D_

काठमाडौंबाट हत्या तथा पैसा उठाउन गुन्डाहरु खटाउने कामको जिम्मा समीरकै श्रीमतीले गरेकी थिइन्। गौचन हत्या, दावा लामाथि गोली प्रहार, दुर्गा तिवारी हत्यामा भारतबाट समीरले काम गरेका थिए भने उनलाई सहयोग गर्दै काठमाडौंबाट सबै काम श्रीमती माया शेरचनले गरेको अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

‘भारतमा बसेका श्रीमानसहित अन्य गुन्डालाई चाहिने रकम समेत श्रीमती मायाले काठमाडौंबाट नै पठाउने गरेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

_x000D_ _x000D_

समीर लगायतका व्यक्तिहरु भारतको बैंङ्लोरमा रहेको भन्ने गोप्य सूचना पाएपछि महाशाखाका टोली बैंङ्लोर गएको थियो। त्यो सूचना चुहिएपछि उनीहरु त्यहाँबाट भागेका थिए। बैंङ्लोरमा हुँदा समीरलगायत उनको समूह नेपाली विद्यार्थीको कोठमा बसेका थिए।

_x000D_ _x000D_

तीन नेपाली विद्यार्थीको नाममा समीरकी श्रीमतीले काठमाडौंबाट पैसा पठाउने गरेको देखिएपछि उनीहरुमाथि समेत प्रहरीले सोधपुछ गरेको थियो। ‘पैसा आउने गरेको थाहा पाएपछि भारतीय प्रहरीको सहयोगमा हामीले नेपाली विद्यार्थीमाथि सोधपुछ गरेका थियौं। तर उनीहरु गुन्डा हुन् भन्ने ती विद्यार्थीहरुले थाहा नपाएको र काठमाडौंबाट मायाले जबरजस्ती पैसा आफ्नो नाममा हालेको बताएपछि उनीहरु अनुसन्धानको लेन्स बाहिर परे’ स्रोतले नेपाल लाइभलाई भन्यो।

_x000D_ _x000D_

समीर कारागार हुँदा सबै काम श्रीमती मायाबाट
_x000D_ गुन्डा नाइके समीरमान गत मंसिरमा भारतबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले मंसिर १७ गते सार्वजनिक गरेको थियो। त्यसयता उनी जेलमा छन्। 

_x000D_ _x000D_

समीर जेल गएपछि अपराध सञ्जालको सम्पूर्ण जालो उनीकै श्रीमतीबाट हुने गरेको प्रहरीको दाबी छ। समीर जेलमै भएको बेला समेत अर्को ठूलो हत्याको योजना उनकै श्रीमतीबाट हुने गरेको समेत प्रहरीले निष्कर्ष निकालेको छ।

_x000D_ _x000D_

अपराध घटनाउन विभिन्न व्यक्तिलाई रकम दिनेदेखि समीरको योजनामा सम्पूर्ण काम श्रीमती मायाले गर्ने गरेको रिपोर्ट प्रहरी हेडक्वाटर पुगेपछि केही समय पहिला समीरलाई मुस्ताङ कारागार सारिएको थियो। अन्य व्यक्तिलाई भेट्ने बाहाना बनाएर दिनहुँ थुपैै मान्छेले समीरलाई भेट्ने गरेको र यसको सम्पूर्ण सेटिङ श्रीमतीबाट हुने गरेको प्रहरीको बुझाई छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्