मिलान– इटालियन सिरी ए अन्तर्गत मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई ३–२ ले पराजित गरेको छ। जितसँगै इन्टर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
इन्टरको जितमा कप्तान माउरो इकार्डीले ह्याट्रिक गरे। इकार्डीले खेलको २८, ६३ र ९० मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे। ९० मिनेटमा इकार्डीले पेनाल्टीमार्फत गोल गरेका थिए। तर, पेनाल्टी दिने रेफ्रीको निर्णय विवादस्पद बन्यो।
कर्नर बलमा एसी मिलानका डिफेन्डर रिकार्डो रोड्रिगेजले डानिलो डिएब्रोसिओलाई फल गरे पनि रेफ्रीले इन्टरलाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेनाल्टी दिने निर्णयको एसी मिलानका खेलाडीले विरोध गरेका थिए।
इकार्डीले पेनाल्टीमा निर्णायक गोल गर्नुअघि मिलानले दुई पटक बराबरी गोल फर्कायो। ५६ मिनेटमा फर्नान्डेज साइले गोल गरेका थिए। ८१ मिनेटमा इन्टरका हन्डानोभिकले आफ्नै पोस्टमा गोल गरेपछि एसी मिलानले २–२ को बराबरी गरेको थियो।
लिगमा लगातार ८ खेलमा जित निकालेको नापोली २४ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको इन्टरको २२ तथा तेस्रो स्थानको साविक विजेता युभेन्टसको १९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।