



चीन भ्रमणभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट बिस्तार गरेका छन्। उनले ९ जना नयाँ अनुहारलाई क्याबिनेटमा स्थान दिएका छन्। यस्तै ४ मन्त्रीको प्रमोशन भएको छ। मोदी मन्त्रिमण्डलमा केरल, कर्नाटक, दिल्ली, राजस्थान, बिहार र उत्तर प्रदेशलाई प्रतिनिधित्व गर्ने गरि नयाँ अनुहारलाई स्थान दिइएको हो।
‘मिशन २०१९’ लाई ध्यानमा राखेर विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरि स्थान दिइएको बताइएको छ। आगामी निर्वाचनमा भारतीय जनता पार्टी(विजेपी) ले ३ सय ५० भन्दा बढि स्थानमा जित्ने रणनीति बनाएको छ।
राष्ट्रपति भवनमा आयोजित सपथग्रहण कार्यक्रममा मुख्तार अब्बास नकवी, निर्मला सीतारमण, पीयुस गोयल र धर्मेन्द्र प्रधानले मन्त्रीको रुपमा प्रमोशन पाएका छन्। उनीहरुलाई राज्यमन्त्रीबाट क्याबिनेटको दर्जा दिइएको छ। अनन्त हेगडे, वीरेन्द्रकुमार र हरदेवसिंह पुरीलाई पनि मन्त्री बनाइएको छ। मुम्बई पुलिसका पूर्व कमिशनर तथा बागपतबाट सांसद सत्यपाल सिंह तथा पूर्व गृहसचिव तथा बिहारको आराबाट निर्वाचन जितेका आरके सिंहलाई मन्त्री बनाइएको छ।
गजेन्द्रसिंह, अल्फोन्स कन्नाथनम, शिवप्रताप शुक्ला र अश्विनी चौबे पनि मन्त्री बनेका छन्। मन्त्रालय विस्तारमा सहयोगी दलबाट कसैलाई मन्त्री बनाइएको छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।