काठमाडौँ – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । शक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोषले भाखा नाघेको तथा कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ ।
_x000D_
_x000D_
भाखा नाघेको कर्जा उठन बाँकी रकम नै २७ करोड पाँच लाख ६४ हजार ५७९ रुपैयाँ पुगेको कोषले जानकारी दिएको छ। उक्त कर्जा नतिर्नेलाई कानूनी गर्ने प्रक्रिया अगाडि बढाईएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए।
_x000D_
_x000D_
कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रुपैयाँ लगानी गरेको छ । त्यसमध्ये चार अरब २२ करोड सात लाख ४१ हजार १०४ रुपैयाँ लगानीमा रहेको छ ।
_x000D_
_x000D_
नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।
_x000D_
_x000D_
आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।
_x000D_
_x000D_
कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति रु दुई लाखसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम रु ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।
_x000D_
_x000D_
युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिकरुपमा घटाउँदै देश विकासमा टेवा पु¥याउने लक्ष्य रहेको छ । कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरे÷नगरेको पनि अनुगमन गरिरहेको र कर्जा भूक्तानीका लागिसमेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए। रासस
_x000D_
_x000D_
यो पनि पढ्नुहोस् :
_x000D_
_x000D_
युवा स्वरोजगार कार्यक्रममा अनियमितता - १ : बेरोजगारका नाममा हुनेखानेको रजाइँ
_x000D_
_x000D_
युवा स्वरोजगार कार्यक्रममा अनियमितता - २ : अनुगमनका नाममा साढे २ करोड स्वाहा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।