काठमाडाैं– व्यवसायी सुरज वैद्यले सबै पर्यटन व्यवसायीसँगको सहकार्यमा ‘भिजिट नेपाल २०२०’ सफल बनाउने प्रतिबद्धता गरेका छन्।
_x000D_
_x000D_
भिजिट नेपाल २०२०को संयोजक नियुक्त भएलगत्तै नेपाललाइभसँग टेलिफोन वार्तामा वैद्यले सबैको साथ र सहयोगमा मात्रै सरकारको मिसन सफल हुने बताए। ‘एउटा व्यक्तिले मात्रै भिजिट नेपाल सफल बनाउन सक्दैन’, वैद्यले भने, ‘भिजिट नेपाल सफल बनाउने सबैको सहयोग चाहिन्छ।’
_x000D_
_x000D_
सरकारले भने सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० बनाउने उद्घोष गरेको थियो।
_x000D_
_x000D_
सोहीअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट व्यवसायी सुरज वैद्यलाई भिजिट नेपाल २०२०को अभियान कार्यक्रमको उपसमितको उपाध्यक्ष तथा राष्ट्रिय संयोजकको रुपमा नियुक्ति गरेको हो।
_x000D_
_x000D_
यसअघि २०७४ साउन २९ गते बसेको शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद् बैठकले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो।
_x000D_
_x000D_
सरकारले निजी क्षेत्रको सक्रिय सहभागिता सहितको सहकार्यमा यस अभियानको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिसकेको छ।
_x000D_
_x000D_
को हुन वैद्य?
_x000D_
_x000D_
वैद्य सार्क उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। साथै सार्क चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन्।
_x000D_
_x000D_
यसैगरी, प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न निजी क्षेत्रसमेतको संग्लनतामा गठन भएको समितिका सदस्य समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।