काठमाडाैं– सरकारले पर्यटन वर्ष २०२० का लागि व्यापारी सुरज वैद्यलाई कार्यक्रम संयोजक बनाएको छ।
_x000D_
_x000D_
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यलाई तीन वर्षका लागि अभियान कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रमको संयोजकमा नियुक्त गरिएको हो।
_x000D_
_x000D_
मन्त्रिपरिषद्ले २०७५ कात्तिक १६ गते पर्यटन वर्ष मनाउन राष्ट्रिय संयोजक नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैद्यलाई नियुक्त गरेको हो।
_x000D_
_x000D_
नेपालमा २० लाख पर्यटक भित्र्याउने भन्दै सरकारले पर्यटक वर्ष २०२० घोषणा गरेको थियो। पर्यटनमन्त्री रविन्द्र अधिकारीले आर्थिक वर्ष २०७५–७६मा विशेष कार्यक्रमको रुपमा यसलाई मनाउने घोषणा गर्दै आएका छन्।
_x000D_
_x000D_
निजी क्षेत्रको सक्रिय सहभागितासहित नेपाल पर्यटन बोर्डमा सचिवालय रहने अभियान सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।