जाकर्ता – खेलका दौरान घाइते भएका इन्डोनेसियाका एक जना गोलकिपरको निधन भएको छ। इन्डोनेसियाको लिगको दौरान आफ्नै साथीसँग ठोक्किएका गोलकिपर चोइरुल हुडाको मृत्यु भएको हो। ३८ वर्षीय हुडाको आइतबार निधन भएको हो।
हुडा इन्डोनेसियन क्लब पेर्सेला एफसीका खेलाडी हुन्। पेर्सेलाका डाक्टर एन्ड्री नुर्गोहोका अनुसार हुडालाई छातीमा गम्भीर चोट लागेको थियो। छातीमा चोट लागेपछि उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो।
आइतबार लिग अन्तर्गत सेमेन पाडाङविरुद्धको खेलमा हुडा घाइते भएका थिए। हुडा घाइते भए पनि खेल सुचारु गरिएको थियो। खेलमा पेर्सेलाले पाडाङलाई २–० ले हराएको थियो।
हुडा क्लबका सबैभन्दा अनुभवी खेलाडी थिए। पेर्सेलाका लागि ५ सय खेल पूरा गर्ने उनी एक्ला खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।