काठमाडौं – वर्षाका कारण नेपाल र हङकङकबीचको खेल प्रभावित भएको छ। आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा हुने तय भएपनि वर्षाले खेल रद्द। खेल नेपाली समय अनुसार विहान पौने ७ बजे सुरु हुन पर्थ्यो।
हङकङ क्रिकेट एसोसिएसनका अनुसार विहान वर्षा रोकिएर घाम लागेको थियो। तर फेरी वर्षा सुरु भपछि दुवै टिमलाई १–१ अंक बाँडे।
यसअघि हङकङको मङ कङमा आइतबारका लागि तय भएको खेल समुद्री आँधीका कारण स्थगित गरिएको थियो। आँधीपछि आइतबार हङकङमा वर्षा समेत भएको थियो। तर साँझ भने आँधी र वर्षा रोकिए पनि राति फेरी वर्षा भएको थियो ।
शुक्रबार भएको महत्वपूर्ण खेलमा हङकङसँग ८३ रनले पराजित भएपछि नेपालका लागि डब्लुसिएल च्याम्पियनसिप यात्रा कठिन भनेको छ। थोरै आशा बाँकी रहेको अवस्थामा नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन हङकङ र केन्याले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ।
शीर्ष चारमा पुर्न नेपालले सोमबार हङकङविरुद्धको खेलदेखि नै ब्याटिङमा सुधार गर्नु पर्नेछ। किनकि नेपालले शुक्रबार भएको पहिलो खेलमा खराब ब्याटिङ गरेको थियो। सोमबारको खेलमा पराजित भएको स्थितिमा नेपाल डिभिजन २ मा घटुवा हुने भएकाले नेपालका लागि गर या मरको स्थिति छ।
डब्लुसिएल च्याम्पियनसिपबाट अहिलेसम्म नेदल्यान्ड्स र पपुवा न्युगिनी छनोट भइसकेका छन्। अब स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये २ टिम छानिनेछन्। यसमा स्कटल्यान्ड र हङकङको सम्भावना बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।