कास्की- मादी गाउँपालिका-५ काउरेमा गएराति ग १ त १९८९ नम्बरको ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन्।
_x000D_
_x000D_
मृत्यु हुनेमा ट्याक्टरमा सवार पोखरा महानगरपालिका-१३ आर्वाका १७ वर्षीय गोविन्द बराल रहेका छन्। उनको उपचारको क्रममा राति साढे १२ बजे पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी मादी गाउँपालिका-५ थाचोक बस्ने लम्जुङकी २९ वर्षीया सुमित्रा राईको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।