कास्की- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
_x000D_
_x000D_
विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्।
_x000D_
_x000D_
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहेका नेता नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउन जाड दिएका थिए। 'काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारबाही गर्छ' उनले चेतावनी दिए।
_x000D_
_x000D_
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रदेश सरकारले नजिकबाट हेरिरहेको र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।
_x000D_
_x000D_
पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेता नेपालको टोलीलाई समग्र आयोजनाको प्रगति विवरण जानकारी गराएका थिए। नेता नेपालले आजै फेवातालको समेत निरीक्षण गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।