काठमाडौं। जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ।
यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक गोल गरेपछि ग्रीसले जर्मनीलाई १–० ले पराजित गरेको हो।
कुर्बेलिसले ७४औं मिनेटमा गरेको डिफ्लेक्टेड प्रहार गोलमा परिणत भएको थियो। सन् २००४ को युरोपियन च्याम्पियन ग्रीससँग जर्मनी पहिलोपटक पराजित भएको हो।
क्लोपको नेतृत्वमा जर्मनीले बिहीबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग १–१ को बराबरी खेलेको थियो।
जर्मनीले अब बिहीबार म्युनिखमा सर्बियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।