काठमाडौं- विश्व बैंकले हालकै स्थिति कायम रहे सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्य पूरा नहुने चेतावनी दिएको छ। बैंकले सार्वजनिक गरेको ‘नेपाल डिभलपमेन्ट अपडेट’ प्रतिवेदनले सो अवधिसम्म मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्यलाई महत्वकांक्षी तर प्राप्त गर्न सम्भव रहेको यात्रा भनेको छ।
_x000D_
_x000D_
उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको सहभागिता लगायत सबै क्षेत्रबाट अधिकतम मात्रामा पूँजी सिर्जना गर्नुपर्ने तर हालको अवस्थाले सो लक्ष्य भेट्न चुनौतीपूर्ण देखिएको बैंकले सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको छ।
_x000D_
_x000D_
आगामी दिनमा लगानी र उत्पादकत्वमा केन्द्रित हुनुपर्नेमा उक्त प्रतिवेदनले जोड दिएको छ। ‘आगामी सन् २०२१ सम्म १० प्रतिशत लगानी वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ,’ बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘जुन लक्ष्य रेमिटेन्स र उपभोगमुखी वृद्धिलाई लगानी र उत्पादन वृद्धितर्फ अभिवृद्धि गरेर मात्र सम्भव छ।’
_x000D_
_x000D_
लक्षित आर्थिक वृद्धि हासिल गर्न अहिलेको प्रयास पर्याप्त नभएको बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।
_x000D_
_x000D_
उच्च तहको लगानी, उत्पादकत्व र निजी क्षेत्रको गतिशिलतामा सहजीकरण गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारले लिएको लक्ष्यका लागि थप प्रयास गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ। यसका लागि निजी क्षेत्रबीचको प्रतिस्पर्धा अभिवृद्धि गर्ने तथा विश्व बजारसँग एकीकृत भएर अघि बढ्ने, दीर्घकालीन उपकरणमार्फत् वित्तीय क्षेत्रलाई सुदृढ बनाउने र सार्वजनिक-निजी साझेदारी गरी पूर्वाधार विकासका लागि कार्ययोजना सुधार आवश्यक रहेको विश्व बैंकले जनाएको छ।
_x000D_
_x000D_
आर्थिक हिसाबमा नेपाल चापमा रहेको समेत बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।
_x000D_
_x000D_
बजेट खर्चको नाजुक स्थिति सुधार गर्नुपर्ने, राजश्व संकलन प्रभावकारी, पारदर्शी तथा प्रगतिशील बनाउनुपर्ने, संघीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने, वैदेशिक लगानी आकर्षित गर्न सुधार गर्नुपर्ने लगायतका विषय बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।