काठमाडौं- विश्व बैंकले नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ।
_x000D_
_x000D_
बिहीबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि सोचेअनुसार लगानी मैत्री वातावरण बन्न नसकेको बताए। 'राजनीतिक अस्थिरता समाप्त गरी पूर्वाधार निर्माणका साथै निजी क्षेत्रसँग साझेदारी गर्न र नीतिगत सुधारमा लाग्ने बेला अाएको छ,' कार्यक्रममा उनले भने।
_x000D_
_x000D_
कार्यक्रमा अर्थमन्त्री युवराज खतिवडाले ६० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रबाट भएकाले सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको स्पष्ट पारेका थिए। निजी क्षेत्रलाई आकर्षित गर्न नीतिगत सुधार गर्नुको साथै व्यवसायिक वातावरण तयार गर्न समेत सरकार प्रतिवद्ध रहेको उनले बताए।
_x000D_
_x000D_
'विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्याङ्क केही तलमाथि देखिएपनि श्रमिकको उत्तरदायlत्वका साथै बजार नियन्त्रणलगायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको हो' मन्त्री खतिवडाले भने, 'निजी क्षेत्रले उठाउँदै आएका करका विषयमा पुर्नविचार गर्न तयार छ।'
_x000D_
_x000D_
उनले सामाजिक उत्तरदायित्व बहन गरी पारदर्शी हुन निजी क्षेत्रलाई सुझाव दिए।
_x000D_
_x000D_
प्रतिवेदनमा विश्वमा व्यापार गर्न सहज १ सय ९० देशहरुको सूचीमा नेपाल १ सय ५औ स्थानमा परेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।