काठमाडाैं– राष्ट्रिय परिचय पत्र छपाइएको काम सुरु भएको छ।
_x000D_
_x000D_
राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाइको काम औपचारिक रुपमा सुरु गरेको हो। गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाइको काम सुरु गरिएको हो।
_x000D_
_x000D_
पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाइको काम गरिने छ। तीन वर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ। पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ।
_x000D_
_x000D_
पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रीक परीक्षण गरी वितरण गरिन्छ।
_x000D_
_x000D_
नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ। सोही व्यवस्थाअनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाइकाे काम सुरु गरेको हो।
_x000D_
_x000D_
नागरिकको तथ्यांक संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाइल स्टेशन खडा गरेको छ।
_x000D_
_x000D_
वडा वडामा परिचालन भएका २० वटा टोलीले संकलन गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरी कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन्।
_x000D_
_x000D_
त्यसपछि पुन: जिल्ला स्थित नागरिकको बायोमेट्रीक परीक्षण पश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ। तीन वर्षभित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ।
_x000D_
_x000D_
निर्धारित समयभित्रै कार्ड वितरण गर्नका लागि कम्तिमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता अभिवृद्धि तर्फ लाग्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले बताए। २०६७ सालमा सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्छाैँ भने पनि अहिलेसम्म हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।