बझाङ- सेती नदीमा बगेर एक सशस्त्र प्रहरी बेपत्ता भएका छन्।
_x000D_
_x000D_
बिहीबार दिउँसो १:३० बजे सेती नदीमा नुहाउन गएका कञ्चनपुर बेलौरी नगरपालिका घर भएका २३ वर्षीया राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।
_x000D_
_x000D_
बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजीकार्यका लागि प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी भुवनराज पन्तले बताए।
_x000D_
_x000D_
जिल्लाको शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली मंगलबार बझाङ आएको थियो। बेपत्ता बुढा सोही टोलीका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।