श्याम आजकाल बिहान ३ नबज्दै उठ्छ। सामान्यतः ऊ यति छिटो चाँडै ब्युझिने मान्छे होइन । यति चाँडोे उठ्दा पनि उसलाई थकाई भने लाग्दैन। बरु अझै खुशी देखिन्थ्यो।
_x000D_
_x000D_
अाजकाल ऊ धेरै गीत गाउने र नाच्ने भएको थियो । अनि ‘त्यसो नगर’ भनेर सम्झाउँदा झनै रिसाउथ्यो । पहिले–पहिले खास बोल्ने मान्छे होइन । आजकाल नचिनेको मान्छेसँग पनि खुलेर बोल्छ । ठूला–ठूला कुरा गर्छ । करोडौंका व्यापार गर्ने, विदेशमा शाखा खोल्ने र कहिले त आफूलाई भगवानको अवतारझैँ कुरा गर्छ।
_x000D_
_x000D_
चार दिन भइसकेको थियो । ऊ आफूले २० वर्षदेखि जागिर गर्दै आएको अफिस पनि नगएको । अफिस जाँदा जोसँग पनि झगडा हुन्थ्यो उसको । अझ हाकिमको कोठामा गएर ‘तपाईंलाई काम गर्न आउदैन’ भन्थ्यो रे । उसले पैसा त उसले खोलाजस्तै बगायो । साथीहरुलाई दिनहुँ पार्टी दिने, ऋण लिएर मस्ती गर्ने, जे देख्यो त्यहीँ किन्ने, नसा सेवन गर्ने, तेज गाडी कुदाउने, केटी जिस्क्याउने, र नयाँ महँगो लुगा लगाउने जस्ता काम गर्न थाल्यो । यसअघि श्यामको बानी यस्तो थिएन । जसबाट श्यामको परिवारका सदस्यहरु अचम्मित छन्।
_x000D_
_x000D_
भूतप्रेत लाग्यो भनेर परिवारका सदस्यले झारफुक पनि गरे । तर, समस्या समाधान भएन । श्याामको बानी उस्तै रह्यो । केही दिनअघि उसले प्रहरीलाई पनि पिटेछ । त्यसपछि पुलिसले थुन्यो । बल्ल परिवारले शंका गरे, श्याममा कुनै स्वास्थ्य समस्या पो छ कि भनेर । श्याम भने आफू ठीक रहेको जिद्दी गरिरहन्छ ।
_x000D_
_x000D_
वास्तवमा श्यामलाई मेनिया भन्ने मानसिक समस्या रहेछ। बल्ल–बल्ल मनोचिकित्सकलाई देखाएर उपचार गरेपछि ठीक हुँदैछ।
_x000D_
_x000D_
१. के हो मेनिया ?
_x000D_
यो एकप्रकारको मानसिक र मनोरोग हो ।
_x000D_
२. यसका लक्षण के–के हुन्छन् ?
_x000D_
_x000D_
यसका लक्षण सामान्य स्वभावभन्दा विपरित हुन्छ । जस्तै,
_x000D_
_x000D_
निन्द्राको आवश्यकता कम हुने
_x000D_
शरीरमा धेरै तागत वा फूर्ति हुने
_x000D_
धेरै खुशी हुने वा धेरै रिसाउने
_x000D_
धेरै बोल्ने, झगडा गर्ने, ठूला कुरा गर्ने
_x000D_
आफूलाई ठूलो मान्छे भन्ठान्ने, अत्याधिक पैसा खर्च गर्ने
_x000D_
नचाहिने लगानी गर्ने, फाल्तु खर्च गर्ने
_x000D_
अरुलाई मान्छे नगन्ने, कहिले धेरै पूजापाठ गर्ने, कहिले आफूलाई भगवानको अवतारसम्म दाबी गर्ने
_x000D_
एक ठाउँमा स्थिर भएर नबस्ने, मनमा एकपछि अर्को कुरा खलाउने
_x000D_
नशा सेवन बढी गर्ने
_x000D_
यौन इन्छा बढी हुने
_x000D_
_x000D_
(तर बिरामीलाई आफू ठीक छु भन्ने लागिरहेको हुन्छ । उनीहरुले (धेरैले )आफ्नो स्वभावमा आएको परिवर्तन महशुस गर्न सक्दैनन्)
_x000D_
_x000D_
३. माथिका सबै लक्षण मेनिया रोगभित्रै पर्छन् ?
_x000D_
होइन, कम वा धेरै वा अलि फरक पनि हुन सक्ने हुनाले मनोचिकित्सकलाई देखाउन जरुरी हुन्छ ।
_x000D_
_x000D_
४. के यो भूतप्रेतले गर्दा हुने हो, किनभने यस्तो स्वभाव त श्यामको पहिले थिएन ?
_x000D_
होइन, यो दिमागको रसायनको गडबडीले हुन्छ । अनि तनावले बल्झिन सक्छ । पारिवारिक वा वंशाणुगत पनि हुन सक्छ । धेरैजसोमा मौसम बद्लिदा पनि रोग बल्झिन सक्छ।
_x000D_
_x000D_
५. रोग लागेर मान्छे आफूलाई भगवानझैँ कसरी मान्छ, त्यो पनि पूर्ण विश्वासका साथ ?
_x000D_
जसरी मानिसहरु शिवरात्रीमा भाङ खाँदा आफू उडेको, रङहरु नाचेको देख्छन् । किनकि त्यसबेला नशाले दिमागी रसायनको गडबडी गर्छ। त्यसैगरी जब दिमागी रसायन गडबड हुन्छ, यस्तो रोग लाग्छ । अनि थुप्रै हुन नसक्ने कुरा हुन थाल्छ । यस्तो समस्या महिला पुरुष दुवैमा हुन सक्छ।
_x000D_
_x000D_
६. यो रोग लागेपछि ठीक हुँदैन ?
_x000D_
_x000D_
औषधि उपचारले यो रोग ठीक हुन्छ। बिरामी पूरानो स्वभावमा फर्कन्छ । तर, फेरि बल्झिन सक्ने सम्भावना हुन्छ ।
_x000D_
_x000D_
७. के जीवन भर औषधि खाइरहनु पर्छ ?
_x000D_
त्यस्तो होइन । कसै–कसैलाई धेरैपटक बल्झन्छ । उनीहरुले चाहिँ लामो समयसम्म औषधि खाने हुन सक्छ ।
_x000D_
_x000D_
८. यस्ता बिरामीले आफ्ना नियमित काम गर्न सक्दैनन् ?
_x000D_
होइन, ठीक भएपछि धेरैजना आफ्नो नियमीत काममा फर्कन्छन् र यसका थुप्रै उदाहरण छन्।
_x000D_
_x000D_
९. यस्ता बिरामीलाई अरु के रोग लाग्न सक्छ ?
_x000D_
यस्तो मेनिया भएका बिरामीलाई कुनै बेला डिप्रेसन हुन सक्छ । एनफ्लुडिप्रेसन र बाइपोलार डिप्रेसन हुन्छ । यसका लागि फरक उपचार छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।