काठमाडाैं– यातायात व्यवस्था विभागले अञ्चलको नामबाट दर्ता गराउँदै आएको मोटरसाइकल प्रदेशको नाममा दर्ता सुरु गरेको छ।
_x000D_
_x000D_
सातै प्रदेशको यातायात कार्यालयबाट प्रदशेको नामअनुसार मोटरसाइकल दर्ता सुरु गरेको विभागका महानिर्देशक लावण्य कुमार ढकालले बताए।
_x000D_
_x000D_
गत असोज १६ गतेदेखि बन्द भएको मोटरसाइकल दर्ता प्रदेशको नाममा सुरु भएको हो। एक साताअगाडि मात्रै मन्त्रिपरिषदको बैठकले अञ्चलको नाममा दर्ता हुँदै आएको मोटरसाइकल दर्ता प्रदेशको नामबाट सुरु गर्ने निर्णय गरेको थियो।
_x000D_
_x000D_
प्रदेश तीनको दर्तामा विभागले अगाडि प्रदेश ३–०१ ००१ प ०००१ बाट सुरु गरको छ। यसैगरी पछाडि प्रदेश ३–०१ ००१ प ०००१ गरी दर्ता गरेको छ। साथै विभागले अगाडि दुई लाइनको नम्बर प्लेट र पछाडि तीन लाइनको नम्बर प्लेट राख्नेगरी दर्ता सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।