काठमाडौं– माछापुच्छ्रे बैंक पहिलो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गर्ने वाणिज्य बैंकमा पहिलो बनेको छ।
_x000D_
_x000D_
बैंकले बिहीबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड(एनएफआरएस) अनुसारको प्रतिवेदनमा लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) रकम अघिल्लो वर्षको तुलनामा ३७ दशमलब ७१ प्रतिशतले बढेको छ।
_x000D_
_x000D_
अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ३८ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २९ प्रतिशतले बढेर ७७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह ३० प्रतिशतले बढेर ७१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलब ८९ प्रतिशतले बढेर ८४ करोड २५ लाख रुपैयाँ बढेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ।
_x000D_
बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ११ पैसाले बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ।
_x000D_
_x000D_
बैंकको निष्क्रिय कर्जा शून्य दमलब ०२ अंकले बढेर शून्य दशमलब ४७ मा पुगेको छ। बैंकको तरलता अनुपात २१ दशमलब ५४ प्रतिशत रहेको छ।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।