काठमाडौं– माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपिओ) आज (कात्तिक १५) देखि निष्कासन भएको छ। कम्पनीले एक सय अंकित मूल्यमा एक करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो।
_x000D_
_x000D_
कम्पनीले जारी गरेको उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले जनाएको छ।
_x000D_
_x000D_
आइपिओमा छिटोमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा आवश्यकताअनुसार मंसिर १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
_x000D_
_x000D_
आइपिओमा धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन दिन सकिनेछ। साथै मेरो सेयर प्रयोगकर्ताले पनि अनलाइनबाटै आवेदन दिन सक्नेछन्।
_x000D_
_x000D_
कम्पनीले यसअघि दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कसन गरेको थियो। उक्त सेयर बुधबार बाँडफाँड गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।