काठमाडौं– नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको ७०औं गणतन्त्र दिवसको सम्भावित प्रमुख अतिथिको सूचीमा परेको एक भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
_x000D_
_x000D_
जनवरी २६ मा मनाइने भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नआउने भएपछि भारतमा गणतन्त्र दिवसको सम्भावित अर्को प्रमुख अतिथिको चर्चा चल्न थालेको छ। यो चर्चामा नेपालका पूर्वराजा ज्ञानेन्द्रसँगै रसियन राष्ट्रपति भ्यादिमिर पुटिन, माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम महमद सलही र भियतनामका सरकार प्रमुख पनि रहेका छन्।
_x000D_
_x000D_
गत अगस्टमा नै अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिको रुपमा भारतले निमन्त्रणा पठाएको थियो। तर अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले ट्रम्पको भारत भ्रमणको सम्भावना नरहेको बताएको छ।
_x000D_
_x000D_
जनवरीको गणतन्त्र दिवससँगै आगामी अप्रिलमा भारतमा लोकसभाको निर्वाचन छ। सम्भावित प्रमुख अतिथिलाई रणनीतिक हिसाबमा भारतले प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिँदैन। तर प्रश्न आउँछ, दोस्रो विकल्पका रुपमा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बन्न कसले स्वीकार्ला?
_x000D_
_x000D_
हालैका दिनमा श्रीलंकामा देखिएको राजनीतिक अस्थिरतासँग चीनको नाम जोडिएको छ। आफू अनुकूलका सरकार बनाउन चीनले विक्रमासिंघेका ठाउँमा महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएर राजनीतिक हस्तक्षेप गरेको एकथरी भारतीयहरुको आरोप छ। यस्तो अवस्थामा भारतले पनि चीनको छिमेकी भियतनामका सरकार प्रमुखलाई गणतन्त्र दिवसको प्रमुख अतिथि बनाएर चीनलाई जवाफ दिनुपर्ने उनीहरुको तर्क छ।
_x000D_
_x000D_
आगामी भारतीय निर्वाचनमा धार्मिक मुद्दाले प्राथमिकता पाउने निश्चित जस्तै छ। गत मे महिनामा भारतको कर्नाटक राज्यको निर्वाचनलाई प्रभावित पार्न प्रधानमन्त्री मोदी नेपालको धार्मिक भ्रमणमा आएको भारतीय सञ्चारमाध्यमको आरोप रहेको थियो। यसैबीच आगामी महिनाको विवाह पञ्चमीको अवसरमा मोदी फेरि नेपाल आउने भारतीय सञ्चारमाध्यमले यसअघि नै खुलासा गरिसकेका छन्।
_x000D_
_x000D_
वर्तमान भारतीय सत्तापक्षलाई भारतभित्रैबाट नेपाललाई पुनः हिन्दु राज्यका रुपमा स्थापित गर्नुपर्ने दबाब रहेको बताइन्छ। २०१५ मा नेपालले संविधान जारी गरेपछिको अवस्थामा भारतले नेपालमा लगाएको नाकाबन्दीसँग पनि यही हिन्दु राज्यको मुद्दा प्रमुख रहेको बताइन्छ। केही महिनापहिले नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एक किताब विमोचनको कार्यक्रममा भारतले नेपालको संविधानमा हिन्दु राज्य राख्न दिएको सुझाव नस्विकार्दा नेपालमा भारतले नाकाबन्दी लगाएको बताएका थिए।
_x000D_
_x000D_
यस्तै, पूर्वराजा ज्ञानेन्द्रलाई गत जनवरीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश भ्रमण गराएका थिए। उक्त अवसरमा भारतीय विशिष्ट मानिसहरुले समेत प्रवेश नपाउने मन्दिरमा ज्ञानेन्द्रलाई नेपालको राजाकै हैसियतमा पूजापाठको व्यवस्था मिलाइएको थियो।
_x000D_
_x000D_
करिब ८० प्रतिशत हिन्दु जनसंख्या रहेको भारतमा आगामी निर्वाचन प्रभावित पार्न पनि मोदी सरकारले नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई ७०औं गणतन्त्र दिवसको प्रमुख अतिथिको निमन्त्रणा पठायो भने त्यसमा आश्चर्य नमाने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।