काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कंदैछिन्। कतारको चारदिने भ्रमण सकेर भण्डारी साँझ ७ फर्कने कार्यक्रम छ।
_x000D_
_x000D_
कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा भण्डारी सोमबार भ्रमणमा गएकी थिइन्। भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच नेपाली कामदार,लगानी पर्यटन तथा कृषि क्षेत्रमा कुराकानी भएको थियो।
_x000D_
_x000D_
भ्रमणका क्रममा कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने सहमति भएको छ। भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पनि सँगै छन्।
_x000D_
_x000D_
भण्डारीले नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।