कतार– राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छन्। कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।
_x000D_
_x000D_
नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानुन र वातावरण बनाएर अगाडि बढेको भन्दै सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह गरेका छन्।
_x000D_
_x000D_
कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्या लागायत थुप्रै विषयमा चर्चा गरिएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल-कतार सम्बन्ध थप प्रगाढ हुने र कतारी लगानी नेपाल भित्रिने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताएका छन्।
_x000D_
_x000D_
दुई देशबीच अहिले भएका विभिन्न सहमति र समझदारीले यस सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने छ। मन्त्री ज्ञवालीले यहाँका नेपाली उद्योगी, व्यवसायीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल सरकार कानुनी लगायत अन्य सबै विषयमा सहजीकरण गर्न तयार रहेको जनाउँदै उनले अबको नेपाल-कतार श्रमिक सम्बन्धको ढाँचा समेत परिवर्तन गारेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
_x000D_
_x000D_
नेपाल सधैँ श्रमिक निर्यात गरेर विप्रेषण भित्राएरमात्र विकसित हुन सक्दैन अब अदक्ष श्रमिकलाई श्रम सीप सिकाएर सकभर स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने दिशामा सरकार अगाडि बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले अब नेपालको समृद्धिको यात्रामा निराशा हैन बलियो आत्मविश्वासकासाथ अगाडि बढ्न सबैलाई आग्रह गरे।
_x000D_
_x000D_
त्यसैगरी गैर आवासीय नेपाली, कतार शाखाका अध्यक्ष नवीन पोखरेलले आफूहरू नेपालमा लगानी गर्न तयार रहेको र सरकारले त्यस क्षेत्रमा आवश्यक वातावरण बनाइदिन अनुरोध गरे। कार्यक्रम कतारस्थित नेपाली दूतावासले आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।