गुल्मी– लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जनालाई सदरमुकाम तम्घासबाट प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय विजय लिम्बू, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन विक, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपीन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय विशाल रायमाझी रहेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए।
_x000D_
_x000D_
मंगलबार राति ९ बजे रेसुंगा नगरपालिका–२ बाख्रेछेडाका पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी होहल्ला गरेको सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेसजस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरिएको उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।