काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अगष्टदेखि सञ्चालनामा आउने दाबी गरे। मन्त्री अधिकारीले मंगलबार विमानस्थलको रनवे पिच गर्ने काम उद्घाटन गर्दै विमानस्थल अगष्टदेखि सञ्चालनमा आउने बताएका थिए।
_x000D_
_x000D_
मन्त्री अधिकारीले विमानस्थलको निरीक्षणकै क्रममा पिच भइरहेको फोटो ट्विट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। मन्त्री अधिकारीले उनको टिवटरमा लेखेका छन्, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिना भित्र रनवेको पिच सम्पन्न हुनेछ। र सन् २०१९ अगष्टसम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने छ।’
_x000D_

_x000D_
मन्त्री अधिकारीले जुन अभिव्यक्ति दिएइका छन्, त्यो अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाआ)को मापदण्ड पूरा गरी विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। मन्त्री अधिकारीले भनेका विषयलाई आधार मान्ने हो भने आगामी अगष्टमा विमानस्थलमा आपत्कालीन अन्तर्राष्ट्रिय उडानका जहाज मात्रै अवतरण गर्न सकिन्छ। त्यसका लागि पनि रनवे पिचको काम सम्पन्न हुनुपर्छ।
_x000D_
_x000D_
यसका साथै हाल संचालनमा रहेको आन्तरिक उडान भने नयाँ रनवेबाट गर्न सकिए पनि अन्तर्राष्ट्रिय उडान भने गर्न नसकिने प्राधिकरणको स्रोत बताउँछ। स्रोतको कुरालाई पनि विश्वास नगर्ने हो भने पनि प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाले गत असोज ४ मा विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि गरेको टेन्डरको सूचना हेर्दा पनि मन्त्री अधिकारीले भनेजस्तै आगामी अगष्टमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन।
_x000D_
_x000D_
आयोजनाको कार्यालयले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि भन्दै पहिलो पटक ४५ दिनको सूचना प्रकाशन गरेको थियो। विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस् (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतका उपकरण जडानका लागि टेन्डर गरेको छ।
_x000D_
_x000D_
यी उपकरण जडान सम्पन्न भई परीक्षण भए मात्र अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को मापदण्डअनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ। प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज- ८ अन्तर्गतका मापदण्डमा रही विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ। मोडालिटी अहिले अर्थ मन्त्रालयमा रोकिएको छ।
_x000D_
_x000D_
कसरी सम्भव छैन?
_x000D_
आयोजनाले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि टेन्डर आह्वान गरिसकेको छ। तर, कुनै पनि कम्पनीले थप समय मागेको अवस्थामा नियमअनुसार एक सातादेखि १५ दिनसम्मको समय थप्नुपर्ने हुन्छ। त्यसपछि उपकरण जडानका लागि आवेदन दिने कम्पनीहरुको टेन्डर मूल्यांकनका लागि कम्तीमा पनि एक महिना समय लाग्छ।
_x000D_
_x000D_
मूल्यांकनपछि आर्थिक प्रस्तावका लागि कम्तीमा एक साताको समय चाहिन्छ। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने गरी कबुल गर्ने कम्पनीसँग सम्झौताका लागि पनि १५ दिन लाग्छ। सम्झौता भएको मितिदेखि २ सय ७० दिनमा उपकरण जडानको काम गर्न पाउने समयसीमा टेन्डरमै तोकिएको छ।
_x000D_
_x000D_
कम्पनीले काम गरेकै अवस्थामा पनि जडित उपकरण परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय चाहिन्छ। उक्त समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले अन्तिम प्रतिवेदन दिन थप ३० दिनको समय पाउँछ।
_x000D_
_x000D_
यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन)मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। यी माथिका सबै प्रक्रिया पूरा हुन न्यूनतम १६ महिनाभन्दा बढी समय लाग्छ। यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा पनि २०७६ माघसम्मको समय लाग्ने दखिन्छ।
_x000D_
_x000D_
सबै प्रक्रिया पूरा गर्दा सन् २०२० भित्र मात्रै विमानस्थल ’फुल फेज’मा संचालनमा आउँछ। त्यसका लागि विमानस्थलको 'आइसिबी-१' अन्तर्गतका काम सकिनुपर्छ। अहिले चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी-१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी-वे, प्यारालल ट्याक्सी-वे जोड्न ‘एग्जिट-वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर भवन निर्माणको काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।