• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मन्त्री अधिकारीले भनेजस्तै यसकारण सम्भव छैन अगस्टदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन (विवरणसहित)

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०४:२०
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अगष्टदेखि सञ्चालनामा आउने दाबी गरे। मन्त्री अधिकारीले मंगलबार विमानस्थलको रनवे पिच गर्ने काम उद्घाटन गर्दै विमानस्थल अगष्टदेखि सञ्चालनमा आउने बताएका थिए।

_x000D_ _x000D_

मन्त्री अधिकारीले विमानस्थलको निरीक्षणकै क्रममा पिच भइरहेको फोटो ट्विट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। मन्त्री अधिकारीले उनको टिवटरमा लेखेका छन्, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिना भित्र रनवेको पिच सम्पन्न हुनेछ। र सन् २०१९ अगष्टसम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने छ।’
_x000D_  
_x000D_ मन्त्री अधिकारीले जुन अभिव्यक्ति दिएइका छन्, त्यो अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाआ)को मापदण्ड पूरा गरी विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। मन्त्री अधिकारीले भनेका विषयलाई आधार मान्ने हो भने आगामी अगष्टमा विमानस्थलमा आपत्कालीन अन्तर्राष्ट्रिय उडानका जहाज मात्रै अवतरण गर्न सकिन्छ। त्यसका लागि पनि रनवे पिचको काम सम्पन्न हुनुपर्छ।

_x000D_ _x000D_

यसका साथै हाल संचालनमा रहेको आन्तरिक उडान भने नयाँ रनवेबाट गर्न सकिए पनि अन्तर्राष्ट्रिय उडान भने गर्न नसकिने प्राधिकरणको स्रोत बताउँछ। स्रोतको कुरालाई पनि विश्वास नगर्ने हो भने पनि प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाले गत असोज ४ मा विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि गरेको टेन्डरको सूचना हेर्दा पनि मन्त्री अधिकारीले भनेजस्तै आगामी अगष्टमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। 

_x000D_ _x000D_

आयोजनाको कार्यालयले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि भन्दै पहिलो पटक ४५ दिनको सूचना प्रकाशन गरेको थियो। विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस् (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतका उपकरण जडानका लागि टेन्डर गरेको छ।

_x000D_ _x000D_

यी उपकरण जडान सम्पन्न भई परीक्षण भए मात्र अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को मापदण्डअनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ। प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज- ८ अन्तर्गतका मापदण्डमा रही विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ। मोडालिटी अहिले अर्थ मन्त्रालयमा रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कसरी सम्भव छैन?
_x000D_ आयोजनाले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि टेन्डर आह्वान गरिसकेको छ। तर, कुनै पनि कम्पनीले थप समय मागेको अवस्थामा नियमअनुसार एक सातादेखि १५ दिनसम्मको समय थप्नुपर्ने हुन्छ। त्यसपछि उपकरण जडानका लागि आवेदन दिने कम्पनीहरुको टेन्डर मूल्यांकनका लागि कम्तीमा पनि एक महिना समय लाग्छ।

_x000D_ _x000D_

मूल्यांकनपछि आर्थिक प्रस्तावका लागि कम्तीमा एक साताको समय चाहिन्छ। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने गरी कबुल गर्ने कम्पनीसँग सम्झौताका लागि पनि १५ दिन लाग्छ। सम्झौता भएको मितिदेखि २ सय ७० दिनमा उपकरण जडानको काम गर्न पाउने समयसीमा टेन्डरमै तोकिएको छ। 

_x000D_ _x000D_

कम्पनीले काम गरेकै अवस्थामा पनि जडित उपकरण परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय चाहिन्छ। उक्त समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले अन्तिम प्रतिवेदन दिन थप ३० दिनको समय पाउँछ।

Xtrem
Xtrem
_x000D_ _x000D_

यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन)मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। यी माथिका सबै प्रक्रिया पूरा हुन न्यूनतम १६ महिनाभन्दा बढी समय लाग्छ। यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा पनि २०७६ माघसम्मको समय लाग्ने दखिन्छ। 

_x000D_ _x000D_

सबै प्रक्रिया पूरा गर्दा सन् २०२० भित्र मात्रै विमानस्थल ’फुल फेज’मा संचालनमा आउँछ। त्यसका लागि विमानस्थलको 'आइसिबी-१' अन्तर्गतका काम सकिनुपर्छ। अहिले चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी-१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी-वे, प्यारालल ट्याक्सी-वे जोड्न ‘एग्जिट-वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर भवन निर्माणको काम गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा दर्जनौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। भने ३ जना बेपत्ता भएका छन... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्