रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउने भएको छ।
_x000D_
_x000D_
तिलोत्तमा कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको बिउ ४० प्रतिशत अनुदानउपलब्ध गराउने निर्णय गरेको हो।
_x000D_
_x000D_
अनुदानका सन्दर्भमा कार्यविधि लगायतका अन्य व्यवस्था मिलाउन १४नं का वडाध्यक्ष सोहन प्रसाद थारुको संयोजकत्वमा समिति गठन गरिएको छ।
_x000D_
_x000D_
समितिमा ८ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, ११का वडाध्यक्ष मुक्तिनारायण चौधरी, १६ का वडाध्यक्ष छविलाल भुसाल र कार्यपालिका सदस्य गीताकुमारी सापकोटा सदस्य रहेका छन्।
_x000D_
_x000D_
सहकारी संस्थासँग समन्वय गरेर सिफारिस गरिएको उन्नतजातको गहुँको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
_x000D_
_x000D_
नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो। तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विनटल गहुँको बिउ आवश्यक पर्ने अनुमान गरिएको छ।
_x000D_
_x000D_
अनुदानको बिउ सबै किसानले प्राप्त गर्नेगरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ। कार्यपालिका बैठकले विभिन्न कार्यविधि लगायतका विषयमा समेत निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।