काठमाडौं– चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री ओलीसँग भेट गरी केसीले उनको अवस्थाबारे जानकारी लिएका हुन्। केसीले अोलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
_x000D_
_x000D_
भेटमा प्रधानमन्त्री ओली र केसीबीच करीब १० मिनेट संक्षिप्त कुराकानी भएको थियो। प्रधानमन्त्रीेले अस्पतालको सेवाबाट आफू सन्तुष्ट रहेको केसीसमक्ष बताएका थिए। भेटमा स्वास्थ्य अवस्था बारे जानकारी लिइसकेपछि बिदा माग्न खोज्दा प्रधानमन्त्रीले ‘तपाईंसँग केही समय कुराकानी गर्नु छ, बस्नुहोस्’ भन्दै आग्रह गरेको केसीले स्वास्थ्य खबरलाई बताए।
_x000D_
_x000D_
प्रधानमन्त्रीले आफू स्वस्थ्य भएपछि विधेयक पास गर्ने बताएका थिए। जवाफमा गोविन्द केसीले ‘अहिले आमी तपाईको स्वास्थ्य अवस्था बुझ्न मात्र आएका हौं। पहिले तपाई ठीक हुनुहोस्। बाँकी कुरा पछि गरौंला’ भन्ने उत्तर दिएका थिए।
_x000D_
_x000D_
भेटमा केही अनौपचारिक कुराकानी पनि भएको थियो। प्रधानमन्त्रीकी निजी स्वास्थ्य चिकित्सक डा दिव्या सिंहले नै आफू अनशन बस्दा बचाएको गोविन्द केसीले बताएका थिए। प्रत्युत्तरमा प्रधानमन्त्रीले भने ‘ए अँ त है! हामी दुवैलाई बचाउने एकै जना पो हुनुहुँदोरहेछ।’
_x000D_
_x000D_
भेटमा अभिषेक राज सिंह र पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहभागी पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।